हिंसा भड्काउनेलाई कडा कारबाही गर्न कांग्रेसको माग, पश्चगमनविरुद्ध गोलबन्द हुन एमालेको आह्वान

 चैत १६, २०८१ शनिबार ६:३८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसले हिंसा भड्काउने र हिंसामा सामेल हुने व्यक्तिहरूलाई कडा कानूनी कारबाही गर्न माग गरेको छ ।

महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले वक्तव्य निकालेर काठमाण्डौको तीनकुने लगायत क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनको निन्दा गरेका छन् ।

वक्तव्यमा संविधानसभाबाट वर्तमान संविधान बनेको स्मरण गर्दै नागरिकका असन्तुष्टिको सम्बोधन वर्तमान संविधानभित्रैबाट खोज्न आग्रह गरिएको छ ।

नागरिकमा रहेका कयौँ असन्तुष्टिको हल वर्तमान संविधानभित्रैबाट सम्भव रहेको भन्दै कांग्रेसले लोकतन्त्रको विकल्प अझ समुन्नत लोकतन्त्र भएकोमा जोड दिएको छ ।

यसैबीच नेकपा एमालेले लोकतन्त्रका पक्षमा तथा पश्चगमनका विरुद्ध गोलबन्द हुन आम नागरिक तथा राजनीतिक दलहरूलाई आह्वान गरेको छ ।

महासचिव शंकर पोखरेलले विज्ञप्ति निकालेर लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि एमाले दृढतापूर्वक उभिने उल्लेख गर्नुभएको छ ।

राजावादी प्रदर्शनका क्रममा काठमाण्डौको तीनकुने, कोटेश्वर र जडिबुटी क्षेत्रमा भएको अराजक क्रियाकलापको एमालेले निन्दा गरेको गरेको छ ।

आपराधिक क्रियाकलापमा सङ्लग्नहरुलाई तत्काल कानूनी दायरामा ल्याउन र शान्तिसुरक्षाको प्रभावकारी प्रबन्ध गर्न पनि एमालेले सरकारसँग माग पनि गरेको छ ।

अन्तिम अपडेट: चैत १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया