नेपाल–चीन कूटनीतिक सम्बन्धका ७० वर्ष : सिचुआन–नेपाल व्यापार आदानप्रदान महिना शुरु

 चैत १७, २०८१ आइतबार १२:३:५४ | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – चीन–नेपाल कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवको सन्दर्भमा सिचुआन–नेपाल संस्कृति, पर्यटन, अर्थतन्त्र र व्यापार आदानप्रदान महिनाको सिचुआन शृङ्खला चीनको छेन्दुमा प्रारम्भ भएको छ ।

सिचुआन प्रान्तीय सरकारको विदेश मामिला कार्यालय र छेन्दुमा रहेको नेपालको महावाणिज्य दूतावासले संयुक्त रूपमा सिचुआन प्रान्तको राजधानी छेन्दुमा व्यापार आदानप्रदान शृङ्खलाको  शुरुआत गरेका हुन् ।

त्यसअवसरमा सिचुआन प्रान्तको विदेश मामिला कार्यालयका महानिर्देशक झाङ ताओले नेपाल र सिचुआनबीचको सम्बन्ध बलियो हुँदै गएको, हालै पोखरा महानगरका मेयरको नेतृत्वमा गएको प्रतिनिधिमण्डल र पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सिचुवान विमान कम्पनीले सोझै छेन्दुमा हवाई सेवा थालेपछि पारस्परिक आदानप्रदान बढेको बताउनुभयो । एक वर्षयता चीन र नेपालबीचको सामाजिक–सांस्कृतिक आदानप्रदान पनि थप प्रगाढ भएको छेन्दुमो महावाणिज्य दूतावासले जनाएको छ ।

चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओलीले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नागरिकस्तरमा हुने व्यापार, पर्यटन र सांस्कृतिक आदानप्रदानले अझ मजबुत बनाउन सहयोग पुर्‍याएकाे बताउनुभयो ।

महिनाभरि सञ्चालन हुने सिचुआन शृङ्खलामा सिचुआन प्रान्तका विभिन्न सहरमा स्थानीय उत्पादनको प्रदर्शनी र सांस्कृतिक आदानप्रदानका कार्यक्रम हुनेछन् । यसले नेपाल र चीनबीचको सुदृढ सांस्कृतिक, व्यापारिक, आर्थिक एवम् आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास महावाणिज्य दूतावासले व्यक्त गरेको छ ।  

अन्तिम अपडेट: चैत १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया