प्राइम सीएकाे २१औं वार्षिकोत्सव तथा विद्यार्थी सम्मान कार्यक्रम स...
चैत ३१, २०८१ आइतबार
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा गएराति भएको खेलमा सनराइजर्स हैदरावादले पञ्जाब किङ्गसलाई आठ विकेटले हराएको छ । पञ्जाबले दिएको दुई सय ४६ रनको लक्ष्य हैदरावादले १८ ओभर तीन बलमा मात्रै दुई विकेट गुमाएर शानदार जीत हात पार्याे ।
हैदरावादका लागि सबैभन्दा बढी अभिषेक शर्माले एक सय ४१ रनको शतकीय पारी खेले । यस्तै ट्राभिस हेडले ६६ रन बनाए । पञ्जाबका अर्शदीप सिंह र युजवेन्द्र चहलले समान एक विकेट लिए ।
त्यसअघि हैदरावादमा टस जितेर ब्याटिङ गरेको पञ्जाबले छ विकेट गुमाएर दुई सय ४५ रन बनाएको थियो । पञ्जाबका श्रेयस अय्यरले ८२, प्रभसिमरन सिंहले ४२, प्रियान्श आर्यले ३६ र मार्कस स्टोइनिसले नटआउट ३४ रन बनाए । हैदरावादका हर्षल पटेलले चार र इशान मालिङ्गाले दुई विकेट लिए ।
यो जीतसँगै हैदरावाद छ खेलमा चार अङ्कसहित तालिकाको आठौं स्थानमा छ । पञ्जाब पाँच खेलमा छ अङ्कसहित छैटौं स्थानमा छ ।
हिजै भएको पहिलो खेलमा लखनउ सुपर जायन्ट्सले गुजरात टाइटन्सलाई छ विकेटले हराएको छ । गुजरातले दिएको एक सय ८१ रनको लक्ष्य पछ्याएको लखनउले १९ ओभर तीन बलमा चार विकेट गुमाएर भेट्टायो ।
त्यसअघि लखनउमा टस हारेर ब्याटिङ गरेको गुजरातले छ विकेट गुमाएर एक सय ८० रन बनायो । गुजरात छ खेलमा आठ अङ्कसहित तालिकाको दोश्रो स्थानमा छ भने समान खेलमा आठ अङ्कसहित लखनउ तेश्रो स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।