नेपाल सुपर लिगमा बुटवल लुम्बिनीलाई हराउँदै ललितपुर शीर्ष स्थानमा

 चैत ३१, २०८१ आइतबार ६:२०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीलाई हराएकोे हराएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको दोश्रो खेलमा ललितपुरले बुटवललाई २–० गोलले हराएको हो ।

ललितपुरका लागि अनन्त तामाङ र सन्तोष कार्कीले एक–एक गोल गरे । यो जीतसँगै ललितपुर पाँच खेलमा ११ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलमा बुटवल लुम्बिनी एक अङ्कसहित तालिकाको पुछारमा रहेको छ ।

यस्तै हिजै भएको पहिलो खेलमा झापा र पोखराले १–१ गोलको बराबरी खेलेका छन् । झापाका लागि अर्सिक लजार र पोखराका स्टेफेन बिनङ्गले एक–एक गोल गरे ।

बराबरीसँगे दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् । झापा चार खेलमा चार अङ्कसहित तालिकाको छैटौं स्थानमा छ । पाँच खेल खेलेको पोखरा पाँच अङ्कसहित चौथो स्थानमा छ । 

अन्तिम अपडेट: चैत ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया