गाउँपालिकाका कर्मचारी चढेको जीप दुर्घटना हुँदा ११ जना घाइते
बैशाख १, २०८२ सोमबार
इजरायलले गाजाको अल–अहली बाप्तिस्ट अस्पतालमा हवाई आक्रमण गरेको छ । आक्रमणमा अस्पतालको आइसीयू कक्ष र सल्यक्रिया विभाग पूर्ण रूपमा ध्वस्त भएको प्यालेस्टिनी विद्रोही समूह हमासलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियोहरूमा अस्पतालको दुईतले भवनमा क्षेप्यास्त्र खसालिएपछि ठूलो आगो र धुवाँ उठिरहेको देखिएको छ । अस्पतालको शय्यामा रहेका केही बिरामीहरू समेत भाग्दै गरेको दृश्यहरू सार्वजनिक भएका छन् । अहिलेसम्म कुनै मानवीय क्षतिको नभएको गाजाको नागरिक आपतकालीन सेवाले जनाएको छ ।
सन् २०२३ को अक्टोबरमा त्यही अस्पतालमा भएको आक्रमणमा सयौँको ज्यान गएको थियो । सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरी एक हजार दुई सय भन्दा धेरेको हत्या र दुई सय ५१ जनालाई बन्धक बनाएपछि इजरायलले गाजामा जवाफी कारबाही गरेको हो ।
गाजाको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार, त्यसयता गाजामा ५० हजार नौ सय ३३ जनाभन्दा बढी मानिसको ज्यान गईसकेको छ । फेब्रुअरी महिनामा युद्धविराम भएकोमा मार्च १८ देखि इजरायली आक्रमण पुनः शुरु भएपछि मात्रै गाजामा एक हजार पाँच सय ६३ जनाको ज्यान गइसकेको मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।