अमेरिकाबाट डिपोर्ट भई नेपाल छिरेका भुटानी शरणार्थीलाई बन्दीगृहमा नराख्न सर्वोच्चको आदेश

 वैशाख १२, २०८२ शुक्रबार ६:५४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सर्वोच्च अदालतले अमेरिकाबाट डिपोर्ट भई भुटान हुँदै नेपाल छिरेका चार भुटानी शरणार्थीलाई बन्दीगृहमा नराख्न आदेश दिएको छ ।

न्यायाधीशद्वय बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अमेरिका जानुअघि उनीहरु झापाको बेलडाँगी शरणार्थी शिविरमा बस्दै आएकाले ती शिविर वा अरु कुनै उपयुक्त ठाउँ तोकी स्थानान्तरण गर्न आदेश दिएको हो ।

अमेरिकाले गएको चैत ११ गते १८ भुटानी शरणार्थीलाई डिपोर्ट गरेको थियो । चार जना डिपोर्ट भएपछि भारत हुँदै भुटान पुगेकोमा भुटानले देश निकाला गरेको थियो ।

उनीहरुलाई अध्यागमन कार्यालय काकडभिट्टाले पक्राउ गरेर इलाका प्रहरी कार्यालयमा हिरासतमा पठाएको थियो ।

अध्यागमनले उनीहरुलाई बन्दीगृहमा राख्नुपर्ने भनेकोमा त्यो कानूनी व्यवस्थाको गलत अर्थ गरिएको सर्वोच्चको ठहर छ ।

सर्वोच्चले उनीहरुविरुद्ध कानून बमोजिम अनुसन्धान कार्य गर्न आवश्यक देखिएमा ६० दिनभित्र अनुसन्धान सक्न पनि आदेश दिएको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया