जम्मू–कश्मीरको भारत–पाकिस्तान नियन्त्रण रेखा वरपर गोलाबारी
बैशाख १२, २०८२ शुक्रबार
काठमाण्डौ – तराई–मधेशका जिल्लामा आज पनि गर्मी अत्यधिक हुने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
सबैजसो प्रदेशको तराई–मधेश क्षेत्रमा उच्च गर्मी हुने सम्भावना रहेकोमा लुम्बिनी प्रदेशका केही जिल्लामा तातो हावाको लहर चल्ने सम्भावना रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज भैरहवाको अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ । हिजो भैरहवाको अधिकतम तापक्रम ४० डिग्री नाघेको थियो ।
यस्तै आज काठमाण्डौ उपत्यकामा पनि गर्मी बढ्ने सम्भावना छ । हिजो काठमाण्डौमा यो बर्षको सबैभन्दा बढी अधिकतम तापक्रम ३३ दशमलव ५ डिग्री सेल्सियस पुगेकोमा आज ३२ देखि ३४ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान रहेको मौसमविद् पुडासैनीले बताउनुभयो ।
त्यस्तै दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । ती प्रदेशका हिमाली भूभागका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।