जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
दाङ – जिल्ला अदालत दाङले भिडियो कन्फ्रेन्सबाट न्यायिक सेवा दिन सुरु गरेको छ । उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सुवेदीले मंगलबार सेवाकाे उद्घाटन गर्नुभएकाे हाे ।
यस सेवाले म्याद थप जस्ता प्रकृयागत न्यायिक सेवाका लागि कैदीबन्दीलाई अदालतमै पुर्याउनु पर्ने बाध्यताको अन्त्य हुने अदालतले जनाएको छ ।
पहिलो दिन आज मंगलबार जिल्ला प्रहरी कार्यालय दाङमा रहेका एक बन्दीको भिडियो कन्फ्रेन्सबाट म्याद थप गरिएको छ । जिल्ला भित्र रहेका प्रहरीका युनिटमा पनि आवश्यक उपकरण राखि अदालतसँग भिडियो कन्फ्रेन्सबाट काम गर्न सक्ने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
देशभरका जुनसुकै प्रहरी युनिट वा अदालतसँग भिडियो कन्फ्रेन्सकै माध्यमबाट न्यायिक काम गर्न सक्ने अवस्थामा अदालत पुगेको जिल्ला न्यायाधीश हेमन्त रावलले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।