छठ पर्वमा सजिएको काठमाण्डौ (फोटो फिचर)
कात्तिक २२, २०८१ बिहिबार
एएफसी यू–२३ च्याम्पियनसिप छनोट अन्तगर्त समूह ए को दोस्रो खेलमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दैछ ।
पहिलो खेलमा ओमानसँग १–० गोलले पराजित भएको नेपालका लागि आजको खेल जित्नैपर्ने अवस्थामा छ । क्तारसँगको खेलका लागि प्रशिक्षक बालगोपाल महर्जनले सुरुवनती ११ खेलाडीको छनोट गरेका छन् । नेपाल र कतारबीचको खेल दोहास्थित एस्पायर एकेडेमीको ५ नम्बर मैदानमा नेपाली समयअनुसार राति पौने १० बजेदेखि सुरु हुनेछ ।
एसियन च्याम्पियन टोली कतारविरुद्धको खेलमा गोलरक्षक अर्पण कार्की, डिफेन्डरहरु सुमन अर्याल, अनन्त तामाङ, दिनेश राजवंशी र कमल श्रेष्ठ, डिफन्सिभ मिडफिल्डमा तेज तामाङ, मिडफल्डमा गौरव बुढाथोकी, नितिन थापा, अन्जन विष्ट र सुनील बल तथा स्ट्राइकरमा बिमल घर्तीमगर टिममा परेका छन् ।
नितिनबाहेक ओमानविरुद्धको खेलमा सबै खेलाडी सरुवाती ११ मा थिए । ओमानसँगको खेलमा दोस्रो मिनेटमै खराब ट्याकलको शिकार भएका मिडफिल्डर हेमन्त थापामगरले आजको खेल खेल्न सक्ने छैनन् । उनले बाँकी खेल गुमाउने टोलीका चिकित्सक राजु डंगोलले जानकारी दिए ।
ओमानविरुद्ध हेमन्तलाई नितिनले प्रतिस्थापन गरेका थिए । नेपालले ४–१–४–१ को फर्मेसनमा टिम मैदानमा उतार्नेछ । फिफा वरीयातामा १ सय ६१ औं स्थानमा रहेको नेपालका लागि आफूभन्दा ९४ स्थान अर्थात ५५ औं स्थानमा रहेको कतारविरुद्ध खेल्दैछ ।
एसियन च्याम्पियनविरुद्धको खेल कठिन हुने भए पनि रक्षात्मक रणनीति लिने र काउन्टर एट्याक तथा सेट पिसेस गोलका अवसरमा ध्यान दिने प्रशिक्षक महर्जनले बर्ता । वान टू वान मार्क गरेर खेल्न सकिए सहज हुने प्रशिक्षकको भनाइ थियो । कतार नेपालका लागि नयाँ प्रतिद्वन्दी पनि हो ।
नेपालको यस उमेर समूहको टोलीले अहिलेसम्म कतारको सामना गरेको छैन । पहिलो खेलमा शुक्रबारै अफगानिस्तानलाई २–० गोलअन्तरले पराजित कतारको मनोबल उच्च छ ।
प्रतियोगिता सुरु हुनुअघिको पत्रकार सम्मेलनमा कतार टोलीका मुख्य प्रशिक्षक अल्बर्टो फर्नान्डेजले आफूहरु थाइल्याण्डमा अर्कोवर्षको सुरुमै हुने प्रतियोगिता खेल्न आतुर रहेको बताएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।