हुम्लाको गाउँ–गाउँमा बस पुग्न थालेसँगै स्थानीय बासिन्दा हर्षित
कात्तिक २२, २०८१ बिहिबार
आईसीसी यू–१९ विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्रीय प्रतियोगिताको तयारीका लागि भारतमा रहेको नेपाली युवा टिमले अन्तिम अभ्यास खेलमा आन्ध्र प्रदेशकाे युवा टिम माथि ५ विकेटको जित निकालेको छ ।
पहिले ब्याटिङ गरेको आन्ध्रले ५० ओभरमा नौ विकेट गुमाउँदै २२० रन बनाएको थियो । उसका लागि रवि किरणले सर्वाधिक ४५ रनको योदगान दिए । यस्तै सुब्रमन्यमले ३८, धरानी कुमारले ३७ रन बनाए ।
बलिङतर्फ सूर्य तामाङ र पवन सर्राफले २–२ विकेट लिए । प्रतिश जिसीले पनि एक मेडनसहित एक विकेट लिए । यस्तै कमल सिंह ऐरी र भीम शार्कीले एक-एक विकेट लिए ।
२२१ रनको लक्ष्य नेपालले ४८ ओभर २ बलमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा आसिफ शेखले ६५ रन बनाए भने रोहित पौडेल र भीम सार्कीले समान ४५–४५ रन बनाए । यस्तै रविकुमार शाहले ३७ रन थपे । नेपालले सुरुवात भने राम्रो गर्न सकेको थिएन । उनले १२ रन बनाउँदा दुई विकेट गुमाएको थियो । तेस्रो विकेटका लागि रवि र आसिफ शेखले दरिलो साझेदारी गरेका थिए ।
चार अभ्यास खेलका लागि भारत गएको नेपाली युवा टिम अब स्वदेश फर्किनेछ । भारतमा भएको अभ्यास खेलका आधारमा नेपाली टिमको अन्तिम टुंगो लाग्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।