धनुषामा एकै परिवारका ३ जना बालबालिका मृत भेटिए
बैशाख ९, २०८२ मंगलबार
काठमाण्डाै - एसियाली विकास बैंक(एडीबी)ले ‘समृद्ध नेपाल : सुखी नेपाली’ बनाउने नेपाल सरकारको अभियानमा सक्दो सहयोग गर्ने प्रतिaद्धता जनाएको छ ।
शुक्रबारबाट काठमाण्डाैमा सुरु भएको ‘नेपाल लगानी सम्मेलन’को उद्घाटन सत्रलाई सम्बोधन गर्दै एडीबीका उपाध्यक्ष सिजिन चेनले नेपालको पूर्वाधार विकासमा जोड दिँदै आएको एडीबीले अब बढी लगानी जलविद्युत क्षेत्रमा गर्ने पनि योजना पनि अघि सार्नु भयो ।
उहाँले नेपालमा राजनीतिक स्थायित्व कायम भएको तथा सरकारले विकास, निर्माणको कामलाई तीव्रता दिएकाले यसमा वैदेशिक लगानी बढाउन उपयुक्त वातावरण बन्दै गएको पनि बताउनु भयो ।
उपाध्यक्ष चेनले नेपालको गरिबी निवारण, पूर्वाधार विकास, शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा गर्दै आएको सहयोगको दायरालाई पनि बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले नेपालले २५ वर्षभित्र समृद्ध हुने लक्ष्य लिएको उल्लेख गर्दैै त्यसका लागि विकास साझेदार संस्थाहरुले पनि आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।