हावाहुरीको पूर्वानुमान गर्न किन सकेनन् मौसमविदले ?

 चैत १८, २०७५ सोमबार ७:४६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पछिल्लो समयमा मौसमविदको भविष्यवाणी मिल्दै गएकोमा आइतबारको घटनाले भने मौसमको भविष्यवाणीप्रति प्रश्न उठेको छ । आइतबार बारा र पर्सामा ठूलो धनजनको क्षति हुने गरी भीषण हावाहुरी चल्यो । तर मौसमविदले यति ठूलो हावाहुरी चल्छ भनेर पूर्वानुमान गरेका थिएनन् ।

ठूलो हावाहुरी आउँदैछ भनेर पूर्वानुमान गर्न समस्या हुने गरेको मौसमविदको भनाइ छ । मौसमविद मिनकुमार अर्यालका अनुसार प्रविधिको अभाव र भौगोलिक अवस्थाका कारण ठूलो हावाहुरीको पूर्वानुमान गर्न गाह्रो हुने बताउनुभयो ।

तर सोमबार हिजोजस्तो ठूलो हावाहुरी आउने सम्भावना भने नभएको उहाँको भनाइ छ । पहाडी भेग र पूर्वी तराईका केही ठाउँमा मेघ गर्जन र हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । 

नेपालमा सबै खालका मौसमको पूर्वानुमान गर्ने क्षमता नभएकाले आइतबार तराईमा ठूलो हावाहुरी आउने अनुमान गर्न नसकिएको उहाँले बताउनुभयो । नेपालमा मौसमको पूर्वानुमान गर्ने मोडलले सबै खालको मौसमको पूर्वानुमान गर्न नसक्ने तथा नेपालको भौगोलिक बनावटका कारण पनि मौसम पूर्वानुमानमा समस्या हुने गरेको उहाँको भनाइ छ । 

हावाहुरीको सम्भावना देखिए पनि कति ठूलो र कति सानो भन्न कठिन हुने गरेको मौसमविद् अर्यालले बताउनुभयो । आइतबार पनि सामान्य हावाहुरी आउनसक्ने सम्भावना मोडेलले देखाए पनि अनपेक्षित रुपमा ठूलो हावाहुरी आएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया