मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबादलाई ४० रनले हरायो

 चैत २३, २०७५ आइतबार ०:११:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

इण्डियन प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा मुम्बई इण्डियन्स विजयी भएको छ । मुम्बईले सनराइजर्स हैदराबादलाई ४० रनले पराजित गर्यो ।

अलजारी जोसेफले ६ विकेट लिँदा मुम्बईको शानदार जित सुनिश्चित भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको पाएको मुम्बईले २० ओभरमा सात विकेट गुमाउँदै १३६ रनको सामान्य योगफल तयार पारेको थियो । मुम्बईका लागि केइरन पोलार्डले अविजित ४६ रनको योगदान दिए । क्वीन्टन डि ककले १९ रन बनाए भने अन्य खेलाडीको प्रदर्शन अझ खराब रह्यो ।

१३७ रनको सामान्य लक्ष्य पछ्याएको हैदराबाद १७.४ ओभरमा ९६ रनमा अलआउट भयो । ८८ रनमा ६ विकेट गुमाएको हैदराबाद थप ८ रन बनाउँदा चार विकेट गुमाउन पुग्यो ।

दिपक हुडाले २० रन बनाए भने अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन् ।

सामान्य अवस्थामा रहेको हैदराबादको पाँच विकेट १३ बलमा लिएपछि मुम्बईले जित हात पारेको हो ।
 

अन्तिम अपडेट: कात्तिक २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया