काठमाण्डाै छिर्ने नाकामा सरकारले नै गाडी धोइदिने !

 बैशाख २०, २०७६ शुक्रबार १९:६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले काठमाण्डाैका सडक सफा राख्न नाकामै गाडी धुने व्यवस्था गर्ने भएको छ । आर्थिक वर्ष २०७६/७७ को लागि संसदमा प्रस्तुत भएको बजेटमा काठमाण्डाैका सडक माटोरहित बनाउन नाकामा गाडी सफा गर्ने उल्लेख छ । 

नीति तथा कार्यक्रममा भनिएको छ, ‘सडक किनारालाई माटोरहित बनाउनुका साथै काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरू र ठूला निर्माणस्थलहरूमा स्वचालित प्रविधिबाट सवारी साधन सफा गरी काठमाडौं उपत्यकाका सडकलाई धुलोमुक्त बनाइनेछ । निजी क्षेत्रसँगको सहकार्यमा उपत्यकालगायतका अन्य सहरी क्षेत्रमा वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा सहरी सौन्दर्य कायम गर्न स्वच्छ सहर अभियान सञ्चारलन गरिनेछ ।’ 

 

अन्तिम अपडेट: बैशाख १, २०८१

2 Comments

  • Badri Dhakal

    May 4, 2019, 12:23 p.m.

    धुलाे हिलाे उपत्यकामै निस्कन्छ, बाहिरवाट अाउने गाडी धाेएर के हुन्थ्याे ?

  •  0 Reply
  • khadga bahadur shrestha

    May 3, 2019, 7:48 p.m.

    बाग्मति नदि जत्ति सफा गरेनि सफा हुन सकेन किनकी खोलामा ढल साैचालय मिसाउने काम रोकियन,काठमाण्डाैका नाकामा जत्ति गाडी धोय पनि हजाराै बुमरले सफा गरेपनि धुलो र हिलो सफा हुने छैन जब सम्म कालो पत्रे सडक सञ्जाल स‌ग जोडियका कच्चि सडकहरु पक्कि हुने छैनन् ।

  •  0 Reply

तपाईको प्रतिक्रिया