सरकारले असारमा विदेश नीतिसम्बन्धी राष्ट्रिय सम्मेलन आयोजना गर्ने

 जेठ १९, २०७६ आइतबार १९:४१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले आउँदाे असार १४ गते काठमाण्डाैमा विदेश नीतिसम्बन्धी राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सरकारले लिएको ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय लक्ष्य पूरा हुनेगरी आवश्यक विदेश नीति तय गर्न सो सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिनुभएको हो ।

आइतबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी उहाँले ‘विदेश नीतिका सम्बन्धमा राष्ट्रिय संवाद’ नाम दिइएको सो सम्मेलनमा संघीय संसदका सांसदहरु, कूटनीतिक तथा कूटनीतिक क्षेत्रका जानकारहरु, पूर्व परराष्ट्रमन्त्रीहरु, विभिन्न क्षेत्रका अध्ययन र अनुसन्धानमा कार्यरत विज्ञहरु सहभागी हुने जानकारी पनि दिनुभयो ।

सम्मेलनमा नेपालको परराष्ट्र नीतिलाई बदलिँदो परिवेश अनुसार कसरी समृद्ध बनाउने भन्ने विषयमा विस्तृत छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । आर्थिक क्षेत्रको विकासबाट मुलुकलाई समृद्ध बनाउने गरी परराष्ट्र नीति बनाउन पनि राष्ट्रिय सम्मेलन उपयोगी हुने परराष्ट्रमन्त्री ज्ञवालीको बुझाइ छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया