फिफा मैत्रीपूर्ण खेलकाे पहिलाे हाफमा नेपाल र मलेसियाबीच गाेलरहित बराबरी

 जेठ १९, २०७६ आइतबार २०:४५:५ | उज्यालो सहकर्मी

फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाल र मलेसियाबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

मलेसियाको बुकित जलील रंगशालामा जारी खेलमा नेपालविरुद्ध घरेलु टिमले सुरुवाती ५ मिनेटमा तीन वटा आक्रमण गरेको थियो । जसमा उसले पहिलो प्रहार पोष्टमाथिबाट गयो भने दोस्रो प्रहारलाई किरण चेम्जोङले बचाए ।

त्यसपछि तेस्रो आक्रमण पोलमा लागेर फर्कियो । उसका सेजवान जेइनोनको प्रहार पोलमा लागेको थियो । २८ औंँ मिनेटमा नेपालले गोलको राम्रो अवसर पाएको थियो । तर विक्रम लामाको प्रहार पोलमा लागेर फर्किन पुग्यो ।

३६ औं मिनेटमा मेलेसियका प्रयासलाई विफल पारेको नेपालले ४० औं मिनेटमा बल किलियर गर्न पुग्दा देबेन्द्र तामाङले पहँलो कार्ड पाए । ४१ औं मिनेटमा मलेसियाका मोहम्मदले नेपालका दुई जना डिफेन्डरलाई छलाएकाे बेला रजीन धिमालले बल जाेगाएका थिए ।  त्यसलगत्तै पनि रजिनले नै बल जाेगाएर गरेर नेपालको संकट टारेका थिए ।

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया