चट्याङबाट मृत्यु भएका बालकका परिवारलाई किरिया खर्च प्रदान

 असार ११, २०७६ बुधबार १८:४६:१२ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको राप्ती गाउँपालिका-३ मा मङलबार बेलुकी चट्याङ लागेर ज्यान गुमाएका तीन जना बालकको  परिवारलाइ प्रति परिवार १ लाख १५ हजारका दरले राहत प्रदान गरिएको छ ।

चट्याङबाट ज्यान गुमाएकाका परिवारलाइ किरिया खर्च बापत राप्ती गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालयले राहत प्रदान गरेका हुन् । 
राप्ती गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालय दाङको दैवी प्रकोपमा मृत्यु भएकाको परिवारलाई तत्काल राहत दिने योजना अनुसार राहत प्रदान गरिएको हाे । योजना अनुसार राप्ती गाउँपालिकाले मृतकका परिवारलाई प्रति मृतक १५ हजारका दरले र जिल्ला प्रशासन कार्यालय दाङले १ लाखका दरले राहत उपलब्ध गराएको हो ।

राहत उपलब्ध गराउँदै राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले घटनाले सबै दुःखी भएको र मृतक बच्चाहरुको आत्माको चिर शान्तिको कामना गर्दै गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको राहत सहयोगको रकमले बच्चाहरुको किरिया खर्च र बच्चाहरुका कुनै सम्झना योग्य काम गर्न अनुरोध गर्नुभयाे ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया