अफ्रिका कप अफ नेशन्समा नाइजेरिया तेस्रो

 साउन २, २०७६ बिहिबार ७:९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

अफ्रिका कप अफ नेशन्समा नाइजेरिया तेस्रो भएको छ । ट्युनिसियालाई १–० ले हराउँदै नाइजेरिया आठौं पटक तेस्रो भएको हो । अहिलेसम्म तेस्रो स्थानको कुनै पनि खेल नाइजेरियाले हारेको छैन ।

तीन पटकको च्याम्पियन नाइजेरियाई जित दिलाउनका लागि ओडिओन इघालोको एकमात्र गोल निर्णायक बनेको थियो । उनले खेलको तेस्रो मिनेटमै गोल गरेका थिए । प्रतियोगिताको सर्वाधिक गोलकर्ता इघाओले रिबाउण्ड बलमा गोल गरेका थिए ।

ट्युनिसियाविरुद्धको गोलसँगै यो प्रतियोगितामा उनले आफ्नो गोल संख्या पाँच पुर्‍याएका छन् । प्रतियोगिताको उपाधिका लागि शुक्रबार राती सेनेगल र अल्जेरिया खेल्नेछन् ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया