पाकिस्तानी क्रिकेट टिमका प्रमुख छनोटकर्ता हकले दिए राजीनामा

 साउन २, २०७६ बिहिबार ८:२२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

पाकिस्तानी क्रिकेट टिमका प्रमुख छनोटकर्ता इन्जमाम उल हकले पदबाट राजीनमा दिएको घोषणा गरेका छन् । बुधबार उनले पदबाट राजीनामा दिएको घोषणा गर्दै आफ्नो कार्यकाल ३० जुलाईसम्म मात्रै हुने प्रष्ट पारे ।

उनले भने मेरो कार्यकाल ३० जुलाईसम्म मात्रै हो त्यसपछि म पदमा रहन्न ।’ उनी २०१६ मा पाकिस्तानी क्रिकेट टिमको प्रमुख छनोटकर्ता बनेका थिए । आईसीसी विश्वकपमा टिमको प्रदर्शनका कारण उनी पनि आलोचित बनेका थिए । बुधबार लाहोरमा पत्रकार सम्मेलन गरि कार्यकाल बढाउने पक्षमा आफू नरहेको पनि प्रष्ट पारे ।

उनले सेप्टेम्बरमा हुने आईसीसी विश्व टेस्ट च्याम्पियन, २०२० मा टी–२० विश्वकप र २०२३ को विश्वकपका लागि तयारी गर्न अहिले नै नयाँ विचार भएको व्यक्ति ल्याउनु पर्ने बेला आएको पनि उल्लेख गरे ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया