बाढी पहिरोमा ज्यान गुमाउनेकाे संख्या ८८ पुग्याे, ३१ जना बेपत्ता

 साउन २, २०७६ बिहिबार ९:२९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गएको साता बिहीबारदेखि परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानबाट ज्यान गुमाउनेको संख्या ८८ जना पुगेको छ ।

यसैगरी बुधबार बेलुकासम्ममा बाढी, पहिरो र डुबानका कारण ३१ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बाढी पहिरोमा घाइते भएकामध्ये ११ जनाको उपचार भैरहेको र अन्यको उपचारपछि घर फिर्ता पठाइएको छ ।

बाढी, पहिरो र डुबानामा परेका ३ हजार ३ सय ६६ जनाभन्दा बढीको उद्धार गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ । अन्य बाँकी तथ्यांक संकलनको कार्य भैरहेको छ । तथ्यांकसँगै राहत वितरण कार्यलाई तीव्रता दिइएको मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया