विप्लवका काठमाण्डौ उपत्यका इञ्चार्ज माइला लामा पक्राउ

 साउन ५, २०७६ आइतबार ७:४५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका काठमाण्डौ उपत्यका इञ्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको छ । लामालाई काठमाण्डौको जडिबुटी क्षेत्रबाट शनिबार राति पक्राउ गरिएको अपराध महाशाखाका प्रमु्ख सहकुल थापाले जानकारी दिनुभयो ।

लामासँगै विप्लव नेतृत्वको नेकपाका अर्का एकजना कार्यकर्ता पनि पक्राउ परेका छन् । ललितपुरको नख्खु तथा काठमाण्डौका विभिन्न ठाउँमा भएका बम विष्फोट लगायतका घटनामा लामाको संलग्नता रहेको जानकारी प्राप्त भएको र अरु पनि विभिन्न घटनामा सँलग्नता रहेको हुनसक्ने भएकाले थप अनुसन्धान अघि बढाइएको एसपी थापाले बताउनुभयो ।

सरकार र नेकपाबीच बार्ताको अनौपचारिक प्रयासहरु भइरहेका बेला लामा पक्राउ परेका हुन् । तत्कालीन नेकपा माओवादीमा लागेर भूमिगत भएका लामा साँस्कृतिक फाँटमा सक्रिय थिए । पछिल्लो समय लामाले विप्लवले लेखेको ‘कसले बनायो दाजै उडिजाने बस’ बोलको गीतमा संगित गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया