सुनको भाउ तोलामा ५ सय रुपैयाँ घट्यो

 साउन ५, २०७६ आइतबार ११:०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ घटेको छ । सुन तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ६५ हजार रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार प्रति औंश १४ सय ४३ डलरमा कारोबार भएको सुन आइतबार १४ सय २६ डलरमा झरेको हो । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेपछि नेपालमा पनि केही कम भएको हो ।   

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया