प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
सोलुखुम्बु – सोलुखुम्बुमा भाइको कुटाइबाट दाइको ज्यान गएको छ ।
थुलुङदुधकोशी गाउँपालिका–९ लोखिममा दाजुभाइबीच झगडा हुँदा २७ वर्षका भाइ किरण राईको कुटाइबाट ४४ वर्षका दाजु जयप्रकाश राईको शनिबार राति ज्यान गएको हो ।
घरमा आमासँगै बस्दै आएका दाजुभाइबीच झगडा भएको थियो । झगडा के कारणले भयो भन्नेबारे पत्ता लाग्न सकेको छैन । भाइ किरणलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।