प्रताप दाससँग ‘फन्नी’ गफ

 साउन ७, २०७६ मंगलबार १३:४६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली तारा रियालिटी शो बाट चर्चामा आएका गायक हुन् प्रताप दास ।

सानैदेखि सांगीतिक क्षेत्रलाई आफ्नो कर्मथलो मानेर अघि बढेका प्रताप सुमधुर स्वरसँगै चक्लेटी अनुहारका कारण पनि दर्शकको मनमा बस्न सफल भएका छन् । नेपाली तारामा चौथो स्थान हासिल गरेका प्रताप त्यतिबेला अझ धेरै परिचित त्यतिबेला भए जब उनी नेपाल आइडलमा सहभागी भए । नेपाल आइडलमा उनी सहभागी मात्र भएनन्, तेस्रो स्थान हासिल गर्न पनि सफल भए । उनै गायक दाससँगकाे ‘फन्नी गफ’ यस्ताे छ:

गर्लफ्रेन्डको नाम बिर्सनु भयो भने ?

म फोटो हेर्छु नी मज्जाले स्मरण गर्छु (हाँसो) ।

लिफ्ट माग्दा एक्स परिछिन् भने ?

बसेर जान्छु बाटोमा पुराना कुराहरु रिकल गर्छु, ओर्लिने बेलामा धन्यबाद भन्छु (हाँसो) ।

तपाइँलाई देख्दा मान्छे तर्सन थाले भने ?

भिडियोहरुमा पर्दामा आउँछु, रियल लाईफमा खासै आउँदिन ।

केटा मान्छेहरुको जस्तो केटी मान्छेको पनि दाह्री आउन थाल्यो भने ?

झनै राम्रो हुन्छ किनभने संसारमा दुईवटा जात छ केटा र केटी, त्यो पनि एउटा मात्र हुन्छ ।

जति फोनमा बोल्यो त्यति उमेर बढ्न थाल्यो भने ?

यो धरतीमा फोन भन्ने चिज नै हुँदैन, बिलाएर जान्छ । म अहिले भन्दा डबल रमाइलो गर्थेँ होला अनि फोन चैँ सकेसम्म कम चलाउँथे होला ।

पत्रिकामा आएका राशिफल सबै मिल्न थाले भने ?

घरको भित्ताभरी पत्रिका टाँस्थेँ होला ।

भगवानले एउटा वर माग, पूरा गरिदिन्छु भने भने ?

मलाई अर्को जन्ममा पनि प्रताप दास बनाइदिनुुस भन्छु (हाँसो) ।

नेटबाटै बच्चा जन्माउने पद्धति शुरु भयो भने ?

मजै हरायो नि, केही बाँकी नै रहेन नि ! (हाँसो) मान्छे हुनुको जुन चाहना ईच्छा हुन्छ नि, त्यो सबै हराएर जान्छ ।

जति राम्रो गीत गाउँदा पनि दर्शकले रमाइलाे मानेनन् गरेनन भने ?

हवस् त धन्यबाद भनेर निस्कन्छु । त्यो बाहेक त विकल्पै छैन । र मलाई यस्तो धेरै ठाउँमा परेको पनि छ ।


 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया