मनसुनी गतिविधि कमजोर, देशभर सामान्य बदलीको सम्भावना

 साउन ९, २०७६ बिहीबार ९:३४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बिहीबारदेखि पानी पर्ने क्रम विस्तारै कम हुँँदै जाने मौसमविदले बताएका छन् । मनसुनी न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालको तराई भू–भाग भन्दा दक्षिणतिर सरिरहेकोले मनसुन कमजोर बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर सामान्यतया बदली भई देशका पूर्व र पश्चिमका केही स्थानमा वर्षा भइरहेको छ ।

बिहीबार देशभर सामान्य बदली रही केही स्थानमा वर्षा हुने सम्भावना छ । पश्चिम तराई र पूर्वका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति पनि देशभरको मौसम सामान्यतया बदली भई केही स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । 

अबको केही दिन देशैभर सामान्य बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ । 

बिहीबार साना नदीमा एक्कासी बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनकुटा, पर्सा, बारा, नवलपरासी, कैलाली, कञ्चनपुर, दाङलगायत आसपासका नदी तथा खोलामा बाढी आउन सक्छ । 

यस्तै, मेची, बिरिङ, निन्दा, लोहन्रा, चिसाङ, मावा–रतुवालगायत प्रदेश १ र २ को चुरेबाट बहने केही साना नदीमा एक्कासी बाढी आउने भएकाले नदी आसपासका स्थानीयले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया