पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान शुरू
चैत १८, २०८१ सोमबार
लमजुङ – दोर्दी खोलामा बुधबार दिउँसो एक्कासी आएको बाढीले बगाउँदा ज्यान गुमाएका चार जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।
बुधबार बेलुकी दोर्दी गाउँपालिकाको लिबर्टी जलविद्यूत आयोजनाको बाँध भत्किँदा सप्तरीको सप्तकोशी– ८ का भुवनेश्वर चौधरी, बाराका शहीद अन्सारी, पर्साका शिवधनी चौधरी र डडेल्धुरा आलीताल–६ का रमेश बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
प्रहरीका अनुसार बाराका ज्ञानेन्द्र चौधरी, लम्जुङका विनोद तामाङ, सर्लाहीका सुरेन्द्र चौधरी, डडेल्धुराका करन बुढा, कन्चनपुरका दोषबहादुर कोली र भोजपुरका दिवस कटुवालको अवस्था थाहा हुन सकेको छैन ।
उनीहरु सबैजना दोर्दी खोला जलविद्युत आयोजनाका कामदार हुन् । उनीहरुको नेपाली सेना, प्रहरी र स्थानीयबासिन्दाले खोजी गरिरहेका छन् ।
ठूलो पहिरो आएर थुनिएको दोर्दी खोला एकैपटक खुलेपछि बाढी आएको अनुमान गरिएको छ । बाढीका कारण दोर्दी कोरिडरमा निर्माणाधीन जलविद्युत आयोजनाका सामान पनि बगाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।