जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै - विश्व फुटबल महासंघ फिफाले हरेक महिना सार्वजनिक गर्ने वरीयतामा नेपाल एक स्थान तल झर्दै १६६ औं स्थानमा पुगेको छ ।
त्यस्तै दुई स्थान तल झरेको भारत १०३ औं स्थानमा छ । एसियाकै अरु देशको कुरा गर्दा माल्दिभ्स १५२ औं स्थानमा छ । १ स्थान सुधार गरेको बंगलादेश १८२ औं स्थानमा पुगेको छ भने भुटान १८६ औं स्थानमा यथावत् छ । त्यस्तै श्रीलंका २०० औं र पाकिस्तान २०४ औं स्थानमा छ ।
फिफा वरीयताको शीर्ष स्थानमा बेल्जियम नै छ । विश्व विजेता फ्रान्सलाई पछि पार्दै कोपा अमेरिका च्याम्पियन बनेको ब्राजिल दोस्रो स्थानमा उक्लिएको छ । फ्रान्स तेस्रो स्थानमा रहँदा इंग्ल्यान्ड चौथों स्थानमा यथावत् छ भने तीन स्थान सुधार गरेको उरुग्वे पाँचौं स्थानमा उक्लिएको छ ।
शीर्ष छैटौंदेखि दशौं स्थानमा क्रमशः पोर्चुगल, क्रोएसिया, कोलम्बिया, स्पेन र अर्जेन्टिना छन् ।
एसियाली देशहरुमा इरान शीर्ष स्थानमा छ । इरान ३ स्थान झरेर २३ औं स्थानमा पुगेको हो । पाँच स्थान खस्किएको जापान ३३ औं स्थानमा र दक्षिण कोरिया ३७ औं स्थानमा यथावत् छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।