नेपाल सुपर लिग फुटबलमा आज ललितपुर र पोखरा खेल्दै
चैत २०, २०८१ बुधबार
काठमाण्डौ – नागार्जुन नगरपालिकाको २ नम्बर वडामा घर पालुवा जनावर सडकमा छोड्नेको सेवा सुविधा रोकिने भएको छ । वडाभित्र बसोबास गर्नेहरुले पशुपन्छी जथाभावी छोडे र अरुले उजुरी गरे सेवा सुविधा रोकिने भएको हो ।
कुकुर, गाई, कुखुरा तथा अन्य पशुपन्छी सडकमा छोड्ने, दिसापिसाब गराउने गुनासो आएपछि उचित व्यवस्थापन गर्न वडा कार्यालयले सबैसँग आग्रह गरेको छ ।
वडा कार्यालयले आफ्नै घर तथा कम्पाउण्डमा पशुपन्छी व्यवस्थापन गर्न सम्बन्धित घरधनीलाई अनुरोध गरेको छ । घरको छत तथा कम्पाउण्डको पानी समेत सडकमा नखसाल्न र व्यवस्थापन गर्न समेत वडा कार्यालयले आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।