देशभर आंशिकदेखि सामान्य बदली, केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

 साउन १०, २०७६ शुक्रबार ८:३७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शुक्रबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

शुक्रबार तराईका केही भूभागमा ठूलो पानी पर्ने र अन्य भूभागमा सामान्य बदली हुने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । शुक्रबार राति पनि सामान्य बदलीको सम्भावना रहेकाले पहाडी तथा तराईका केही भूभागमा वर्षाको सम्भावना रहेको छ । 

मनसुनी न्यूनचापीय रेखा नेपालभन्दा तलतिर सर्दै गएकाले अबको केहीदिन मौसमी गतिविधि केही कमजोर हुने महाशाखाले जनाएको छ । शनिबार र आइतबार पनि देशभरको मौसम सामान्यदेखि आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया