फ्राइडे रिलिज : आजदेखि ‘सुपर गोर्खे’ र ‘एकलव्य’ प्रदर्शनमा

 साउन १०, २०७६ शुक्रबार ११:३८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि ‘सुपर गोर्खे’ र ‘एकलव्य’ चलचित्र प्रदर्शनमा आएका छन् । दुवै चलचित्र प्रचारप्रसारका हिसाबले न्यून देखिएका छन् । 

चलचित्र ‘नाइ“ नभन्नु ल’को पहिलो श्रृंखलाबाट उदाएकी अभिनेत्री ऋचासिंह ठकुरी केही वर्षयता चलचित्र क्षेत्रबाट हराएकी थिइन् । अहिले फेरी उनी जुर्मुराएर निर्मात्रीका रुपमा चलचित्र क्षेत्रमा पुनः प्रवेश गरेकी छिन् ।

उनको प्रस्तुतिमा उनकै निर्माण कम्पनी अबिर हाउस प्रोडक्सनबाट चलचित्र ‘सुपर गोर्खे’ तयार भएको छ । राज थापाको निर्देशन रहेको चलचित्र ‘सुपर गोर्खे’मा ऋचासिंह ठकुरी नै मुख्य नायिका छिन् भने निर्देशक उनका श्रीमान राज नायक रहेका छन् ।

चलचित्र ‘सुपर गोर्खे’ का निर्माता इश्वरीसिंह ठकुरी, रामकृष्ण (ठूले), सुदीपजंग थापा हुन् । चलचित्रका गीतमा ताराप्रकाश लिम्बू र फिलिप जोनले संगीत भरेका छन् । सुदिन पोखरेल, रुपक डोटेल, ताराप्रकाश लिम्बू, रजिना रिमाल र मिलन अमात्यले चलचित्रका गीत गाएका छन् । 

चलचित्रमा ऋचासिंह ठकुरी, सुरजसिंह ठकुरी, निराजन लुइ“टेल, भुपेन्द्र क्षेत्री, भानु विष्ट, सचिन केसी, उत्तम विष्ट, मनोज राई, कामना भुजेल र राज थापाको अभिनय रहेको छ । किरण माइकलको लेखन रहेको चलचित्र ‘सुपर गोर्खे’लाई सौरभ लामाले खिचेका हुन् भने यसका सम्पादक बनिश शाह हुन् । चलचित्र ‘सुपर गोर्खे’मा चन्द्र पन्तको एक्शन, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी तथा सत्यम रानाको भीएफएक्स रहेको छ ।

आजैदेखि प्रदर्शनमा आएको अर्को चलचित्र हो ‘एकलव्य’ । चलचित्र पारिवारिक प्रेमकथामा आधारित छ । चलचित्र एकलव्यको निर्देशन अनमोल शर्माले गरेका हुन् । अनमोलको यो डेब्यु चलचित्र हो ।

चलचित्रमा सोनाम थापा मगर, ओसन भट्टराई, पुष्कर राउत, सुशिल पोखरेल, सुष्मा कार्की, महिमा सिलवाललगायतका कलाकारहरुको अभिनय रहेको छ । भोजराज देवकोटाको पटकथा – संवाद रहेको चलचित्रको छायांकन कृष्ण श्रेष्ठले गरेका हुन् । चलचित्रको सम्पादन अर्जुन जिसीले गरेका हुन् । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया