जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डौ – आईसीसी टी-२० एसिया छनोटमा कुवेतले पहिलो जित हात पारेकाे छ । कुवेतले कतारमाथि १० रनको जित निकाल्दै तालिकामा तीन अंक जोडेकाे छ ।
जितसँगै कुवेत ३ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । एक खेलमा जित र एक खेल रद्द भएपछि समान तीन अंक भएको सिंगापुर तालिकाको शीर्ष स्थानमा रहँदा मलेसिया २ अंकसहित तेस्रो स्थानमा छ ।
यसैगरी नेपाल पनि २ अंक जोड्दै चौथो स्थानमा रहँदा नेपाललाई पराजित गरेको कतार पाँचौं स्थानमा छ । शुक्रबार मलेसिया र सिंगापुरबीचको नतिजाले नेपालको अर्को चरणमा पुग्ने समीकरणमा पनि प्रभाव पार्नेछ ।
सिंगापुर शुक्रबारको खेलमा विजयी भए उसको अन्तिम खेल नेपालसँग आइतबार हुनेछ । यस्ताे अवस्थामा नेपालले कुवेत र सिंगापुरलाई पराजित गरेमा नेपालको ग्लोबल छनोटमा पुग्ने बाटो खुल्नेछ । तर मलेसिया विजयी हुँदा नेपाल विजयी भएर मात्रै पुग्ने छैन, रन रेट पनि राम्रो हुनु पर्नेछ ।
सिंगापुरमा शुक्रबार भएको खेलमा कुवेतले दिएको १९८ रनको लक्ष्य पछ्याएको कतार निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १८७ रनमा सीमित भएको थियो ।
तमोर सजादले अविजित ४६ रन बनाउँदा नुवान सरवारले पनि अविजित रहँदै ३४ रन बनाए पनि हार टार्न भने सकेनन् । कुवेतका सिराज खान र जनादु हमुदले समान २/२ विकेट लिए । पहिला ब्याटिङ गरेको कुवतेले आक्रामक पारी खेल्दै निर्धारित ओभरमा १९७ रन बनाएको थियो ।
टी-२० क्रिकेटमा कुवेतले बनाएको यो सर्वाधिक धेरै रन पनि हो । कुवेतका एडनान इद्रिसले सर्वाधिक ५६ रन बनाउँदा मोहम्मद काशिफले ४३ रनको योगदान गरे । कतारका इकबाल हसन र नुवान सरबारले समान २/२ विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।