जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
पाकिस्तानी क्रिकेट टिमका बायाँ हाते तीव्र गतिका बलर मोहम्मद आमिरले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् ।
आमिरले अब सीमित ओभरको क्रिकेटमा मात्रै ध्यान दिने बताएका छन् । टेस्टबाट सन्यास लिएसँगै उनले एकदिवसीय र टी-२० क्रिकेट मात्र खेल्ने बताइएको छ । यसैगरी उनले फ्रेन्चाइज लिग भने खेल्ने प्रष्ट पारेका छन् ।
आमिरले सन्यासका विषयमा भनेका छन्, ‘पाकिस्तानी क्रिकेट टिमबाट खेल्न पाउनु मेरो लागि ठूलो कुरा हो, तर मैले क्रिकेटको लामो संस्करण अर्थात् टेस्टबाट बाहिर जाने निर्णय गरेको छु, यसले पक्कै पनि सीमित ओभरको खेलका लागि फाइदा पुग्ने छ ।’
सन् २००९ मा श्रीलंकाविरुद्ध १७ वर्षको उमेरमा टेस्ट क्रिकेटमा डेब्यू गरेका आमिरले ३६ टेस्टमा ११९ विकेट लिएका छन् । उनको सर्वाधिक सफल बलिङ रेकर्ड ४४ रन दिएर ६ विकेट लिनु हो । उनले पाकिस्तानी टिमलाई टेस्टमा ब्याटिङ गरेर पनि योगदान गरेका छन् । ७५१ रन बनाएका आमिरको सर्वाधिक स्कोर ४८ रन हो ।
आमिरको टेस्ट करियर भने विवादित नै रह्यो । म्याच फिक्सिङका कारण उनी ७ वर्षको प्रतिबन्धमा समेत परेका थिए । प्रतिबन्ध पूरा भएपछि पनि टिममा समावेश गर्ने विषयमा पाकिस्तानकै अरु सिनियर खेलाडीले आपत्ति पनि जनाएका थिए ।
तर टिममा पर्दै हालै भएको विश्वकपमा समेत उनले सानदार प्रदर्शन गरे । अस्ट्रेलियाविरुद्ध आमिरले सर्वाधिक ५ विकेट लिएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।