प्रदेश पाँच : लोक सेवा आयोगको अध्यक्षमा प्राध्यापक भट्टराई सिफारिस

 साउन १०, २०७६ शुक्रबार १७:३९:२९ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - पाँच नम्बर प्रदेश लोक सेवा आयोगको अध्यक्षमा प्राध्यापक डिलाराम भट्टराई सिफारिस हुनु भएको छ ।

मुख्यमन्त्री, सभामुख र विपक्षी दलका नेता सदस्य रहेको सिफारिस समितिले प्रदेश लोक सेवा आयोगको अध्यक्ष सिफारिस गर्ने ऐनमा व्यवस्था रहेको छ ।

समितिको सिफारिसको आधारमा मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने छ । अर्घाखाँचीको सन्धीखर्क-१० का स्थायी बासिन्दा रहेका भट्टराई महेन्द्र बहुमुखी क्याम्पस दाडमा गणित विभागका प्रमुख हुनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया