सरकार र सभामुखले नागरिकको अधिकार हनन् गरेको राजपा सांसद महतोको आरोप

 साउन १३, २०७६ सोमबार १७:३७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकार र सभामुखले नागरिकको अधिकार हनन् गरेको आरोप लगाउनुभएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठक अवरुद्ध भएपछि संघीय संसद भवनमा संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सभामुखको रुलिङ तथा आफैँले गरेको प्रतिबद्धता कार्यान्वयन नगरेर सरकार र सभामुखले जनताको अधिकार हनन गरेको टिप्पणी गर्नुभएको हो ।

गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक–पटक गरेको रुलिङ कार्यान्वयन नगराएर सभामुख कृष्ण बहादुर महराले र सार्वजनिक नगरेर सरकारले नागरिकको अधिकार हनन गरेको तर्क उहाँले गर्नुभयो । उहाँले सरकार गैह्रजिम्मेवार र सभामुख गम्भीर नभएको पनि आरोप लगाउनुभयो ।

सत्तारुढ दलका सांसद भीम रावलले भने संसद बैठक अवरुद्ध गरेर नेपाली कांग्रेस र राजपाले नागरिकको पक्षमा संसदमा उठाउनुपर्ने आवाज बन्द गर्ने काम गरेको टिप्पणी गर्नुभयो ।

नेपाली कांग्रेस र राजपाका सांसदहरुले सर्लाहीका विभिन्न ३ वटा घटनाको सत्य तथ्य पत्ता लगाउनका लागि संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्दे निरन्तर संसद बैठक अवरुद्ध पार्दै आएका छन् ।

सोमबार अवरोधकाबीच सभामुखले कार्यसूची अघि बढाउन लागेपछि दुवै पार्टीका सांसदहरुले रोष्टम घेराउ गरी नाराबाजी गरेका थिए ।

अन्तिम अपडेट: चैत १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया