देशभरको मौसम आंशिकदेखि सामान्य बदली, पश्चिमी भूभागमा पानी पर्ने सम्भावना

 साउन १४, २०७६ मंगलबार ८:२६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मंगलबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

पश्चिममा बनेको न्यूनचापीय रेखा र स्थानीय वायुको प्रभावले पश्चिमको केही ठाउँमा मंगलबार दिउँसो र राति ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगराकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार मध्य र पूर्वमा भने ठूलो पानी पर्ने सम्भावना छैन ।  

मंगलबार राति देशका पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली हुने तथा मध्य र पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने महाशाखाले जारी गरको बुलेटिनमा उल्लेख छ । 

मनसुनी न्यून चापीय रेखा (मनसुन ट्रफ) नेपालबाट दक्षिणतिर सरेकोले मनसुनी गतिविधि केही दिनदेखि कमजोर बनिरहेको छ । धेरैजसो भूभागमा वर्षा नहुँदा देशभर अधिकतम तापक्रम बढ्दै गइरहेको छ । 

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया