पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान शुरू
चैत १८, २०८१ सोमबार
रसुवा – जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला भर्न आउने नेपाली तीर्थयात्रीले प्रवेश शुल्क तिर्न नपर्ने भएको छ ।
मेला अवधिभरका लागि शुल्क नलिने लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । कहिलेदेखि कहिलेसम्म शुल्क नलिने भनेर छिट्टै निर्णय गरेर कार्यान्वयन गरिने निकुञ्जकी प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताउनुभयो ।
गएको वर्षदेखि निकुञ्जले नेपालीलाई प्रवेश शुल्क लिँदै आएको छ । निकुञ्जभित्र अध्ययन, अवलोकन र अनुसन्धानका लागि आउने नेपालीले एक सय रुपयाँ र भरियाले २५ रुपयाँ शुल्क तिर्नुपर्ने हुन्छ । शुल्क लिन थालिएपछि नेपाली पर्यटकको तथ्याङ्क राख्ने कार्य सुरु गरिएको छ ।
२०७५ असोज २९ गतेदेखि निकुञ्जले तथ्याङ्क राख्न सुरु गरिएको हो । असोज २९ गतेदेखि असार मसान्तसम्ममा ५ हजार ५ सय ५९ नेपाली भित्रिएका निकुञ्जका सूचना अधिकारी शिवलाल गैरेले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।