नेपाल र पपुवा न्यू गिनीसँग त्रिकाेणात्मक सिरिज खेल्ने सिंगापुरकाे याेजना

 साउन १४, २०७६ मंगलबार १४:१७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाललाई पहिलो पटक टी-२० मा हराएर पहिलो पटक नै विश्वकपको ग्लोबल छनोटमा पुगेको सिंगापुरले फेरि नेपालसँग त्रिकोणात्मक सिरिजको योजना बनाएको छ । 

विश्वकप छनोटको अन्तिम चरण खेल्नुअघि सिंगापुर क्रिकेट संघले नेपाल र पपुवा न्यू गिनीलाई बोलाएर त्रिकोणात्मक सिरिज गराउने योजना बनाएको हो ।सिंगापुरमा नै हुने त्रिकोणात्मक प्रतियोगिता सेप्टेम्बर महिनामा गर्ने सिंगापुर क्रिकेट संघको योजना छ ।

एसिया छनोटको उपाधि जितेपछि सिंगापुर क्रिकेट संघका कार्यकारी निर्देशक सान सान र संघका विकास अधिकृत अर्जुन मेनन र अरु पदाधिकारी बसेर नेपाल र पपुवा न्युगिनीलाई बोलाएर सिंगापुरमा त्रिकोणात्मक सिरिज गराउने प्रारम्भिक टुंगो लगाएको थियो । उक्त त्रिकोणात्मक सिरिज कुन मितिमा गराउने भन्ने निर्णय आगामी दिनमा तय गरिने विकास अधिकृत मेननले बताए ।

ग्लोबल छनोटको तयारी पनि हुने र राम्रो अभ्यास पनि हुने भएकाले नेपाल र पीएनजीलाई सिंगापुरमा बोलाएर त्रिकोणात्मक सिरीज गर्ने योजना बनाएको हो । तर यसका लागि सिंगापुर क्रिकेटले आइसीसीसँग स्वीकृति लिनुका साथै पीएनजी क्रिकेट र नेपाली क्रिकेट टिमलाई आग्रह कहिले गर्छ, त्यो भने टुंगो छैन । 

यसका साथै सिंगापुर क्रिकेट संघले नेपालमा हुने फ्रेन्चाइजी लिगको मिति  नजिक नपारेर यो प्रतियोगिता गर्न सक्नेछ ।

यस सिरिजका लागि नेपाल र पपुवा न्यू गिनी खेल्न तयार हुन्छन् कि हुँदैनन्, त्यो पनि निर्णय हुनै बाँकी छ । सिंगापुर क्रिकेट एसोसियसनले बनाएको यो योजना प्रारम्भिक मात्र हो । यसको विकासक्रम दुई तीन हप्ताभित्रमा अगाडि बढ्ने छ । 

अन्तिम अपडेट: कात्तिक १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया