बालोन डी ओर २०१९: राेनाल्डाेकाे प्रबल सम्भावना

 साउन १४, २०७६ मंगलबार १३:५९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

युभेन्टस र देशको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेकाले यस वर्षको बालोन डी ओर अवार्ड पोर्चुगल तथा युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोले जित्ने आशा गरिएको छ ।

बालोन डी ओरमा रोनाल्डो र अर्जेन्टिना तथा बर्सिलानोका स्ट्राइकर लियोनल मेस्सीबीच कडा प्रतिस्पर्धा छ । दुवैले पाँच पाँच पटक यो उपाधि जितेका छन् । तर गएकाे वर्ष मेस्सी र रोनाल्डोलाई पछि पार्दै रियल मड्रिड तथा क्रोएशियाका लुका मोड्रिचले बालोन डी ओर अवार्ड आफ्नो नाममा पारेका थिए ।

रियल मड्रिडसँगको ९ वर्षको सम्झौता सकिएपछि रोनाल्डो युभेन्टसमा अनुबन्धित भएका थिए । युभेन्टसमा रहेर सानदार प्रदर्शन गरेका ३४ वर्षीय रोनाल्डो सिरी ए को वर्षको उत्कृष्ट खेलाडी पनि घोषित भएका थिए ।

पोर्चुगलका स्टार रोनाल्डोले च्याम्पियन्स लिगमा पनि राम्रो प्रदर्शन गरेका थिए । र युभेन्टसलाई क्वार्टरफाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । युभेन्टस र एट्लेटिको मड्रिडबीचको खेलमा उनले ह्याट्रिक गरेका थिए ।

यूईएफए नेसन्स लिगमा पोर्चुगललाई उपाधि जिताउनका लागि रोनाल्डोको महत्वपूर्ण योगदान रह्यो । फाइनलमा नेदरल्यान्ड्सलाई हराउँदै पोर्चुगलले उपाधि आफ्नो नाममा पारेको थियो । यही आधारले युभेन्टसका रोनाल्डोले बालोन डी ओर जित्ने अपेक्षा गरिएको हाे ।

रोनाल्डोले गएकाे सोमबार मार्का लेजन्ड अवार्ड पनि जितेका थिए । रोनाल्डोलाई त्यस कार्यक्रममा यसवर्षको बालोन डी ओर जित्नेमा कति सम्भावना छ? भनेर प्रश्न गरिएको थियो ।

‘म सोच्छु यो उपाधि जित्न सकुँ, रियल छाडेपछि मेरो करियर एकदमै राम्रोसँग बितेको छ । ९ वर्षपछि रियल छाड्नु सहज थिएन । ३३ वर्षको उमेरमा नयाँ क्लबमा आबद्ध भएपछि २०१८ —१९ को सिजन मेरो लागि राम्रो सावित भयो किनकि मैले सिरी ए जित्न सकेँ र आफ्नो देशलाई नेसन्स कप पनि दिलाउन सफल भएँ’, जवाफमा उनले भने ।

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Bibas thapa

    July 31, 2019, 6:23 p.m.

    Solti le uefa national leg taha xena vaneko kura sunda achaama lagyo .. tapai messi ko thulai fan jasto lagyo .. tapai kl aanusar messi bahek yo duniya ma aaru kheladi nai xena hola haI .. football herne garnhhos mitra ..

  •  0 Reply
  • Dipak

    July 30, 2019, 6:02 p.m.

    हावादारी समाचार ! उज्यालो नेटवर्कले राम्रै समाचार सम्प्रेषण गर्छ भन्ने लाग्थ्यो तर यस्ता हावा लेख्न थाल्यो। यो वर्ष रोनाल्डोले उत्कृष्ट खेल्यो रे ! उफ कसरी नि ? जबकी उस्को गोल औसत विगत १० वर्षकै थोर हो।युईएफा नेशन्स कप भनेको कुन स्तरको कप हो ? कहिले,कहाँ र कसरि सम्पन्न भयो ? त्यस्तो कपलाई पनि गणना गरिन्छ उपाधिमा ? रह्यो मेस्सिको कुरो । उनी यो साल पनि सधैं झै उत्कृष्ट रहे।लगातार ११ वर्ष ३० भन्दा बढी गोल गर्ने एक्ला खेलाडी हुन उनी।यो सालको च्याम्पियन्स लिगमा पनि हाइ स्कोरर हुन् मेस्सी।युरोपियन गोल्डेन बूट विजेता हुन् ।युरोपियन गोल्डेन बूट कस्तो खेलाडिले पाउछ थाहा छनी ? त्यसैले हावादरी नलेखौ।खेल पत्रकारिता जटिल छ ।अलि अध्ययन बढाऔ।

  •  0 Reply

तपाईको प्रतिक्रिया