विप्लव कार्यकर्ताले जलाए मकवानपुरमा दुई वटा गाडी

 साउन १५, २०७६ बुधबार ६:२८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर – विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मकवानपुरमा दुईवटा गाडीमा आगजनी गरेका छन् । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मंगलबार राति फाखेल हुमाने भन्ज्याङमा बा १४ च ८२३४ नम्बरको कार जलाएका छन् ।

यसैगरी, मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा ५ ख १७३९ नम्बरको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।

आगजनीपछि कार पूर्ण रुपमा जलेको छ भने ट्रकको अगाडिको भाग मात्र जलेको प्रहरीले जनाएको छ ।

विप्लव नेतृत्वको नेकपाले आफ्ना नेता तथा कार्यकर्तालाई सरकारले पक्राउ गर्ने क्रमलाई नरोकेको भन्दै मध्य कमाण्ड बन्दको घोषणा गरिएको विप्लव नेतृत्वको नेकपाका मकवानपुरका सेक्रेटरी अनुरागले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया