जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
प्रि सिजन टूर अन्तर्गत जर्मनीमा जारी आउदी कप फुटबल प्रतियोगितामा टोटनह्यामले रियल मड्रिडलाई पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।
बायर्न म्युनिखको घरेलु मैदान एलियान्ज एरेनामा जारी प्रतियोगिताको उपाधिका लागि टोटनह्यामले बायर्नको सामना गर्नेछ ।
एलियान्ज एरेनामा टोटनह्यामलाई जित दिलाउन कप्तान ह्यारी केनले २२ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । प्रिसिजन दूर अन्तर्गत एट्लेटिको मड्रिडँग ७–३ को फराकिलो अन्तरले हारेको रियलले अर्को पराजय बेहोरेको हो ।
मंगलबार राति नै भएको खेलमा बायर्नले फेनरबाचेलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्यो ।
टर्कीको फेनरबाचेलाई पराजित गर्न जर्मन च्याम्पियन बायर्नका लागि थोमस मुलरले ह्याट्रिक पूरा गरे । बायर्नले ५ गोल पहिलो हाफमा गरेको थियो ।
रेनाटो सान्चेसले २२औं मिनेटमा बायर्नका लागि पहिलो गोल गरेका थिए । २२ मिनेटको बीचमा बायर्नले ५–० को अग्रता लिएको हो । २८ औं मिनेटमा लियोन गोरेट्जकाले गोल गरे भने किंग्सले कोमनले ४०औं मिनेमा गोल गरेका थिए ।
थोमस मुलरले खेलको ३१ औं मिनेटमा र ४४औं मिनेटमा पेनाल्टीमा गोल गरी पहिलो हाफमा ५–० को अग्रता बनाएका थिए ।
दोस्रो हाफमा दुवै टोलीबाट १–१ गोल भयो । ५८औं मिनेटमा मुलरले ह्याट्रिक पूरा गर्दा फेनरबाचेका म्याक्स क्रुजले ६४ औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।