नुवाकोटमा वडा कार्यालयमा बम विस्फोट

 साउन १५, २०७६ बुधबार ९:१५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

नुवाकोट – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्याकर्ताले नुवाकोटको ककनी गाउँपालिका– १ को कार्यालयमा बम आक्रमण गरेका छन् ।

मंगलबार राति १२ बजेतिर ककनी–१ मा रहेको वडा कार्यालयमा ४/५ जनाको समूहमा आएका विप्लव कार्याकर्ताले पेट्रोल बम प्रहार गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 

बुधबार आव्हान गरेको बन्दको पूर्व सन्ध्यामा वडा कार्यालयमा पेट्रोल बम प्रहार गरिएको हो । ४/५ जनाको समूहले हतार–हतार गाउँको बीचबाटोबाट दौडिँदै गरेको स्थानीयले देखेको र त्यसको केही समयमा नै वडा कार्यालयमा विस्फोट भएको वडाध्यक्ष चन्द्रबहादुर श्रेष्ठ बलामीले बताउनुभयो । 

बम प्रहारपछि आगजनी हुँदा वडा कार्यालयको दुई वटा कोठा पूर्ण रुपमा क्षति भएको वडाध्यक्ष बलामीले बताउनुभएको छ । साथै दुई वटा कोठामा रहेको सम्पूर्ण कागजात, दुई थान कम्प्युटरका साथै कार्यालयको सम्पूर्ण फर्निचर जलेर नष्ट भएको वडाध्यक्ष बलामीले जानकारी दिनुभयो । 

आगजनीबाट लगभग ९ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । वडा कार्यालयमा लागेको आगो राति नै प्रहरी र स्थानीयको सक्रियतामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया