निधारमा ४ ओटा टाँका लगाएर भारत फर्किएका गुरु रन्धावाले अब क्यानडामा कार्यक्रम नगर्ने !

 साउन १५, २०७६ बुधबार १६:२३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

चर्चित पञ्जाबी तथा बलिउड गायक गुरु रन्धावामाथि क्यानडामा एक नचिनेको व्यक्तिले आक्रमण गरेका छन् ।

अहिले सामाजिक सञ्जालमा गुरुको एउटा तस्बिर भाइरल भैरहेको छ, जसमा उनी आफ्नो अनुहारको घाउ रुमालले सफा गरिरहेका छन् । घटना गएको आइतबारको हो । त्यो घटनापछि गुरु अस्पताल भर्ना भएका थिए । 

सञ्चारमाध्यमहरुका अनुसार अहिले गुरु भारत फर्किएका छन् । गुरु रन्धावाको टिमले क्यानडामा भएको आक्रमणबारे आधिकारिक जानकारी दिएको छ । 

व्यवस्थापन समूहले घटनाको बारेमा दिएको बयानमा लेखिएको छ, ‘गुरु मेगा सक्सेसफुल यूएस/क्यानडा टुरपछि उनको दायाँ आँखामाथि चार ओटा टाँकासहित भारत फर्किएका छन् । यो घटना २८ जुलाईको हो, जब गुरु क्यानडामा प्रस्तुती दिइरहेका बेला एक पञ्जाबी फ्यान स्टेजमाथि चढ्न खोजिरहेका थिए । गुरुले उनलाई स्टेजमा आउन रोके तर उनी पटक पटक स्टेजमा आउने कोसिस गरिरहेका थिए ।

कार्यक्रमको अन्त्यमा गुरु शो सकेर स्टेजबाट बाहिर गइरहेका थिए तब ती पञ्जाबी फ्यानले गुरुको अनुहारमा जोडसँग हिर्काए । उनको निधारबाट रगत बग्न थाल्यो । गुरुले फेरि स्टेजमा गएर प्रस्तुति दिएका थिए ।’

बयानमा अगाडि लेखिएको छ, ‘ती व्यक्तिसँग केही अरु व्यक्तिहरु पनि थिए । ज–जसले उनीहरुलाई रोक्न खोजे, उनीहरुले सबैलाई हिर्काउँदै त्यहाँबाट भागे । गुरु अहिले घर फर्किसके र उनी भारतमा सुरक्षित महसुस गरिरहेका छन् । गुरुले आफूलाई गुरुनानक देवजीले बचाउनु भयो भनेका छन् । साथै गुरुले ती व्यक्तिलाई सद्बुद्धि मिलोस् भनेर भगवानसँग प्रार्थना गरेका छन् । हामीलाई यहाँहरुको माया र साथको सदैव आवश्यकता छ ।’

सञ्चारमाध्यममा आएका खबरहरुका अनुसार अब गायक गुरु रन्धावाले जीवनमा कहिले पनि क्यानडामा कार्यक्रम नगर्ने निर्णय लिएका छन् । गुरु रन्धावाले गाएका गीतहरु मध्ये ‘हाइ रेटेड गबरु’, ’सूटसूट’, ‘बन जा तु मेरी रानी’, ‘इसारे तेरे’, ‘लाहौर’ निकै चर्चित छन् । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया