खेलाडी साटसाट गर्ने सहमतिनजिक म्यानचेस्टर युनाइटेड र युभेन्टस

 साउन १५, २०७६ बुधबार १६:५५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

म्यानचेस्टर युनाइटेड र युभेन्टसले ठूलो सम्झौता गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यी दुई क्लब पाउलो डिबाला र रोमेलो लुकाकु एकआपसमा साटासाट गर्नेमा सहमतिनजिक पुगेका छन् ।

स्पोटर्सकिडाका अनुसार युभेन्टसले म्यानचेस्टर युनाइटेडसँग खेलाडी साटासाट गर्ने प्रस्ताव राखेको थियो । जसमा दुवै क्लब सहमतिनजिक पुगेको बताइएको छ ।

लुकाकुलाई म्यानचेस्टरले बेच्ने निर्णय गरेको थियो । लुकाकु युनाइटेडका महङ्गो खेलाडीमा पर्छन् । यता क्रिष्टियानो रोनाल्डोको छायाँमा परेका डिबालाले क्लब छाड्ने कुरा केही समयअघि मात्र चर्चामा आएको हो । डिबालाले सम्झौता स्वीकारेको खण्डमा दुई क्लबबीच खेलाडी साटासाट हुनेछ ।

म्यानचेस्टर युनाइटेडका व्यवस्थापक ओल गनर सोल्स्कजारले अर्जेन्टिना र बेल्जियमका स्टारबीच सम्झौता हुनेमा आफू आशावादी रहेको बताएका छन् । उनले भने, ‘हामी सम्झौताको लागि काम गरिरहेका छौँ । नयाँ लिग सुरु हुनका लागि १० दिनमात्र बाँकी छ र हामी दुई खेलाडीलाई सहमतिमा ल्याउन प्रयासरत छौं ।’ 

डिबालाले बिहीबारको खेलमा सहभागिता जनाउने र त्यसपछि मात्र उनको भबिष्यबारे सहमति गर्ने कुरा युभेन्टसका प्रशिक्षक माउरिजिओ सार्रीले बताएका छन् ।

अन्तिम अपडेट: कात्तिक २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया