पुलिसिच र पेद्रोको उत्कृष्ट प्रदर्शनमा चेल्सीको जित

 साउन १६, २०७६ बिहीबार ८:२०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

युवा स्टार क्रिष्टियन पुलिसिच र पेद्रोले उत्कृष्ट प्रदर्शन गरेपछि प्रिसिजन फ्रेण्ड्लीमा चेल्सीले साल्जबर्गलाई ५–३ गोल अन्तरले हराएको छ ।

पुलिसिचले दुई गोल गर्दा पेद्रोले एउटा एसिस्ट र एक गोल गरे । अष्ट्रियामा भएको खेलमा जित हात पारेसँगै चेल्सीले पछिल्लो तीन मैत्रीपूर्ण खेलमा राम्रो प्रदर्शन गरेको छ ।

फ्राङ्क लाम्पार्डले प्रशिक्षण सम्हालेपछि चेल्सीले यस क्रममा बार्सिलोना र रिडिङ्लाई हराएको थियो भने जापानका मैत्रीपूर्ण खेलमा पनि जित निकालेको थियो । 

साल्जबर्गविरुद्धको खेलमा २०औं मिनेटमै पुलिसिचले पेद्रोको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । 

त्यसको तीन मिनेटपछि रोस बार्कलेले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई २–० को अग्रता दिलाए । २८औं मिनेटमा पुलिसिचले ब्यक्तिगत दोस्रो गोल गर्दा बार्कलेले एसिस्ट गरे । 

पहिलो हाफमा चेल्सीले ३–० को अग्रता लिएको थियो । ५०औं मिनेटमा ओङ्गुनेले गोल गर्दै साल्ज्बर्गलाई खेलमा फर्काउने प्रयास गरे । तर ५७ औं मिनेटमा पेद्रोले गोल गर्दै चेल्सीलाई ४–१ को अग्रता दिलाए ।

८५औं मिनेटमा मिनामिनोले साल्जबर्गका लागि दोस्रो गोल गरे । ८८औं मिनेटमा चेल्सीका लागि मिची बात्सुआईले गोल गर्दै चेल्सीलाई ५–२ को अग्रता दिलाए । इन्ज्युरी समयमा मिनामिनोले गोल गरेपछि चेल्सीले ५–३ को जित हात पार्‍यो ।

प्रिसिजनको अन्तिम मैत्रिपूर्ण खेलमा चेल्सील जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकसँग खेल्नेछ ।

अन्तिम अपडेट: कात्तिक २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया