ग्लोबल टी २० काे पहिलो खेलमै सन्दीपको महंगो बलिङ

 साउन १९, २०७६ आइतबार ६:४५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

क्यानडामा जारी ग्लोबल ट्वान्टी–२० क्रिकेटमा सन्दीप लामिछानेले टोरन्टो नेसनलका लागि पहिलो खेल खेलेका छन् । पहिलाे खेलमै उनी महंगाे सावित भएका छन् ।

ब्राम्प्टनको घरेलु मैदानमा ब्याट्सम्यानलाई सहयोग गर्ने पीचमा सन्दीपले अफ्नो स्पेलमा ४४ रन खर्चेर १ विकेट लिए । उनले कोलिन मुनरोलाई आउट गरेका हन् ।

ब्राम्प्टन वोल्भ्सविरुद्धको खेलमा सन्दीप महंगो सावित भए । पाँचौं ओभरमा बलिङको जिम्मा पाएका सन्दीपले आफ्नो पहिलो ओभरमा नै २ छक्कासहित २४ रन खाए । उनीविरुद्ध स्कटल्यान्डका जर्ज मुन्सेले ५ बाउन्ड्री प्रहार गरे ।

आफ्नो दोस्रो ओभरमा सानदार पुनरागमन गरी सन्दीपले ३ रन खर्चेर १ विकेट पनि लिए । इनिङको आठौं ओभरको चौथो बलमा सन्दीपले १६ बलमा २८ रन बनाएर खेलिरहेका कोनिल मुनरोलाई मिचेल म्याक्लनघानको हातबाट आउट गराए ।

आफ्नो तेस्रो ओभरमा १ चौकासहित ७ रन खर्चिए । उनको सपोर्टका लागि क्यानडामा रहेका केहि नेपाली समर्थक रंगशालामा पुगेका थिए ।

सन्दीपले आफ्नो चौथो ओभरमा ११ रन खर्चिए । १४औं ओभरमा उनलाई नितिस कुमार र सहिद अफ्रिदीले एक एक चौका प्रहार गरेका थिए ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया