मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक, आइतबार साँझदेखि मनसुनी गतिविधि बढ्ने

 साउन १९, २०७६ आइतबार ८:२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आइतबार देशभरको मौसम आशिंकदेखि सामान्य बदली हुने र केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

नेपालभन्दा दक्षिणतिर रहेको मनसुनी न्यूनचापीय रेखा (मनसुनी समयमा वर्षा गराउने प्रणाली) नेपालतिर सरिरहेकाले आइतबार साँझदेखि मनसुनी गतिविधि सक्रिय हुने महाशाखाले जनाएको छ । 

महाशाखाकी मौसमविद् विभुति पोखरेलले भन्नुभयो ‘अहिले तराई भूभागभन्दा दक्षिणतिर रहेको मनसुनी न्यूनचापीय रेखा आइतबार साँझसम्म तराई आसपास आइपुग्ने भएकाले आइतबार बेलुकीदेखि मनसुन केही सक्रिय हुने देखिएको छ ।’ 

यसैको प्रभावले केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । 

महाशाखाका अनुसार अहिले देशभरीकै मौसम आंशिकदेखि सामान्य बदली भइरहेको छ । पहाडी भेगको केही ठाउँमा हल्का पानी परिरहेको छ । 

यस्तै, आइतबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम किसिमको वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभागभन्दा दक्षिणतर्फ रहेकाले नेपालमा मनसुनी गतिविधि कमजोर बनिरहेको छ । यो रेखा नेपालतर्फ सरेपछि कमजोर बनेको मनसुन सक्रिय हुनेछ । 

सोमबार पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदलीको अवस्थामा रहने र राति पश्चिमको केही ठाउँमा ठूलो पानी पर्ने महाशाखाको अनुमान छ ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया