बोरुसिया डोर्टमण्डले जित्यो सुपर कपको उपाधि

 साउन १९, २०७६ आइतबार ८:१०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

जर्मन सुपरकपको उपाधि बोरुसिया डोर्टमण्डले जितेको छ । बायर्न म्युनिखलाई २–० ले हराउँदै डोर्टमण्ड च्याम्पियन बनेको हो ।

पहिलो हाफ गोलरहित बनेको खेलको दोस्रो हाफमा डोर्टमण्डले दुई गोल गरेको थियो । दोस्रो हाफको दोस्रो मिनेटमा पाको अल्कासरले गोल गर्दै डोर्टमण्डलाई अग्रता दिलाए । उनले ज्याडन सान्चोको पासमा गोल गरेका थिए ।

बायर्नलाई खेल बराबरीमा ल्याउने राम्रो र्माका थियो । तर लियोन गोरेज्काको प्रहारलाई मार्विन हिट्जले बचाए । ६९औं मिनेटमा सान्चोेले गोल गर्दै डोर्टमण्डको अग्रता २–० मा लम्ब्याए ।

सामान्यतया जर्मन सुपरकप बुण्डेस लिगा उपाधि विजेता जर्मन कप विजेताबीच खेलाइने गरिन्छ । तर, दुबै प्रतियोगिताको उपाधि बायर्न म्युनिखले जितेको हुँदा लिगमा दोस्रो भएको डर्टमण्डले मौका पाएको थियो ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया