पीएसजीले जित्यो ट्रफी डेस च्याम्पियन्सको उपाधि

 साउन १९, २०७६ आइतबार ८:२६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

ट्रफी डेस च्याम्पियन्सको उपाधि पीएसजीले जितेको छ । चीनमा भएको खेलमा रिनेलाई २–१ ले हराउँदै पीएसजीले उपाधि जितेको हो ।

फ्रेन्च क्लबको विजेता रिनेले सुरुवातमा अग्रता लिएको थियो । तर पीएसजीले खेलमा पुनरागमन गर्दै दुई गोल फर्कायो । १३औं मिनेटमा एड्रियन हुनोउले बेन्जामिन बोरिगेउडको पासमा गोल गर्दै रिनेलाई अग्रता दिलाएका थिए ।

तर, पीएसजीले दोस्रो हाफको १२औं मिनेटमा खेल बराबरी गर्‍यो । पाब्लो सारावियाको पासमा केलियन एमबाप्पेले गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

७३औं मिनेटमा एंगल डी मारियाले उत्कृष्ट फ्रिकिक गोलमा परिणत गरेपछि पीएसजीले उपाधि जितेको हो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया