वडाध्यक्षको निधन

 साउन १९, २०७६ आइतबार ८:५६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

भोजपुर – पौवादुङमा गाउँपालिका–१ श्यामशीलाका वडा अध्यक्ष रुद्रबहादुर पाण्डेको निधन भएको छ । ७२ वर्षीय वडा अध्यक्ष पाण्डेको शनिबार साँझ निधन भएको वडा सदस्य दिपक सुवेदीले बताउनुभयो ।

निमोनियाबाट पीडित पाण्डेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि धरान लगिएको थियो । पाण्डेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याउनासाथ निधन भएको वडा सदस्य सुवेदीले बताउनुभयो ।

अध्यक्ष पाण्डे केही समय अघिदेखि नै निमोनियाका कारण बिरामी पर्नुभएको पारिवारिक स्रोतले जनाएको छ । 

अन्तिम अपडेट: चैत ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया