म्यानचेस्टर सिटीले जित्यो कम्युनिटी शिल्डको उपाधि

 साउन २०, २०७६ सोमबार ६:४४:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

कम्युनिटी शिल्डको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । फाइनलमा लिभरपुललाई पेनाल्टीमा ५–४ ले हराउँदै सिटीले सिजनको चौथो उपाधि जितेको हो ।

यसअघि सिटीले प्रिमियर लिग, एफए कप र लिग कपको उपाधि जितेको थियो ।

लण्डनको विम्ब्ली रंगशालामा भएको खेलमा निर्धारित समय एक एक गोलको बराबरीमा सकिएको थियो । १२औं मिनेटमा नै रहिम स्टर्लिङले गोल गर्दै म्यान्चेष्टर सिटीलाई अग्रता दिलाएका थिए । उनले डेविड सिल्भाको पासमा गोल गरेका थिए ।

पहिलो हाफमा सिटीले एक गोलको अग्रता कायम राख्यो । ७७औं मिनेटमा जोल माटिपले लिभरपुलका लागि गोल गर्दै खेल बराबरीमा पु¥याए । उनले भर्जिल भ्यान डाइकको पासमा गोल गरेका थिए । त्यसपछि दुबै टिमबाट गोल हुन सकेन र खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो ।

पेनाल्टीमा सिटीका गोलकिपर क्लाउडियो ब्राबोले जर्जिनियो विनाल्डमको प्रहार बचाएपछि सिटीले सिजनको चौथो उपाधि जितेको हो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया